दु:खपीडा अभावको खात हटेन

0
816

यो दु:खपीडा अभावको खात हटेन
दिनको पक्षमा लड्दापनि रात हटेन

यति अघि बढ्दापनि विज्ञानको युग
रुढीबादी मानसिकतामा जात हटेन

कसरी ? आउँछ समाजवाद देशमा
पुँजीवादी राज्यसत्ताको आँत हटेन

जताततै देख्छु- भ्रष्टलाई फूलमाला
सोझा सीधाको पिठ्युँमा लात हटेन

खैत ? कहाँ गर्योै पुरानो कुवा सफा
कहीँ कतै सडेको घुसान पात हटेन

सि बि क्षेत्री प्रबेग ।।