बिना सिलुवाल
समाजको रीती तोड्न एउटा टुक्का गाएको
पाए मैले सासुआमा मनले चाहेको
दुलही बनी घरमा आउँदा डर थियो मनमा
सक्दिन कि कतै भन्ने बुहार्तन सहन
सासु भनि ढोग्न खोज्दा हात समाति तान्नुभो
छोरी भनी शिर छोइ आशिष दिनुभो
समाजको रीती …….
पाय मैंले सासु आमा
भन्नुभयो आफ्नै सम्झी यो घरलाई स्वीकार
हिजो जस्तो छैन नानी आज सन्सार
आट गरि अघि बढ घरको काम छोडेर
यो समाजले हेरुन् तिमिलाई दुई हात जोडेर
समाजको रिति तोड्न …
पाए मैले सासुआमा ….
आमा बनी खानपान मेरो व्यथा बिमार हेर्नुभो
बालबच्चा घर समालि बाटो दिनुभो
हजूरकै साथ प्रेरणा ज्ञानगुन बुद्धि पाएर
उच्च शिक्षा हासिल गरे क्याम्पस धाएर
समाजको रीती तोड्न….
पाए मैले सासुआमा
काम गरे यो देशको दुरदराजमा गएर
जोती छरे गाउँघरमा दियो भएर
घरका मेरा सपरिवार आकाशका तारा जून
सक्दिन कि चुकाउन हजुरहरूको गुण
समाजको रीती तोड्न….
पाए मैले सासुआमा….