तीजका सन्दर्भमा जिल्ला प्रशासन कार्यलय कास्कीले चालेको कदम असंबैधानिक

0
2187

सरिता तिम्सिना पगेनी
पोखरा । तीज मनाउने शैलीका सन्दर्भमा जिल्ला प्रशासन कार्यलय कास्कीले चालेको कदम असंवैधानिक भएको बिश्व हिन्दु महासंघ कास्कीले जनाएको छ ।  पोखरामा  शनिबार महासंघले  आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेलले प्रशासनले  संविधानको   धारा १९ र  धारा ३८ को  उपधारा ३  विपरित  क्षेत्राधिकार मिचेर  चालेको कदम असंवैधानिक भएको बताईन् । जिल्ला प्रशाशन कार्यलय कास्कीले संबिधान माथि धावा बोल्दै क्षेत्राधिकार बाहिर गएर आम महिला बिरुद्ध ज्यादती गरेको छ अध्यक्ष पौडेलले भनिन्।  संबिधानको धारा १९ मा धार्मिक स्वतन्त्रताको हकको ब्यबस्था गरिएको छ भने धारा ३८ मा महिलाको हकको ब्यबस्था गरिएको छ । धारा ३८ को उपधारा ३ मा महिला बिरुद्ध धार्मिक ,सामाजिक,साँस्कृतिक परम्परा,प्रचलन अन्य कुनै आधारमा शारिरिक ,मानसिक ,यौनजन्य,मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्य कार्य वा शोषण गरिने छैन ।त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडीतलाई कानुन बमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ भनिएको छ ।
गत साउन  ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गरी होटल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने जनाएको थियो । प्रशाशनले  तीजलाई भड्किलो हुनबाट रोक्न महंगा होटल र पार्टी प्यालेसमा  दर खाने कार्यक्रम र भोजभतेर गर्नेलाई पक्राउ गरी कारबाही गर्ने समेत  सूचना  जारी गरेको थियो  । जिल्ला प्रशासन कार्यालय कास्कीले उक्त निर्णय फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने महासंघको माग छ । अन्यथा प्रशासन विरुद्ध अदालतको शरणमा जाने समेत अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा  बताईन् ।
पत्रकार सम्मेलमा सहभागी बिभिन्न संघ सस्थाका प्रतिनिधिले समेत  प्रशासनले तीजका सन्र्दभमा जारी गरेको सुचना  हिन्दू धर्मको भावना विपरित भएको भन्दै  आपत्ति व्यक्त गरेका थिए ।