गायिका संगी भन्छिन् :वुहारीलाई छोरी जस्तै ठान्ने घर परोस्

0
1391

केहि वर्षदेखि व्यवसायिकता र सस्तो लोकप्रीयताका लागि  तीजका गीतहरुमा मौलिकता हराउँदै गएको गुनासो श्रोताहरु माझ अाईरहेको अवस्थामा नवगायिका संगी अधिकारी पोखरेलले भने भिन्न शैलीको तीज गीत लिएर नेपाली साङ्गीतिक  बजारमा आएकी छिन् । भर्खर मात्र उनको ‘मैले त खोजेको यस्तै घर हो’ बोलको  गीत सार्वजनिक भएको छ । उक्त गीतमा  प्रकाश सुवेदीको शब्द, राजकुमार बगरको लय र राजु कार्कीको संगीत संयोजन रहेको छ ।
त्रिवेणी डिजिटल स्टूडियोमा रेकर्ड  भएको  यस गीतको छायाङ्कन पवन गौतमले गरेका छन भने सम्पादन सुरेश राउतले र  निर्देशन सुमन सागर जङ्ग केसीले गरेका छन् ।यसै गरि   भिडियोमा शुसिला थापा,रीचा पोख्रेल ,सुमन सागर जङ्ग  केसी  लगाएतका कलाकारको  अभिनय रहेको छ।
प्राय जसो तीज गीतमा   सासु ,देउरानी, जेठानी र घरपरिवार प्रति  असन्तुष्टि व्यक्त  गरेको पाइन्छ  भने यो  गीतमा गाली गलौज,अारोप प्रत्यारोप,असन्तुष्टि,नैराश्यता अादि नकरात्मकताबाट अलग्गीएर महिला दिदीवहिनीहरुले एउटा सुन्दर पारिवारिक वातावरणको अपेक्षा सहितको कामना गर्न पनि सक्छन् भन्ने भाव गीतकार प्रकाश सुवेदीले दर्शाउन खोजेका छन्।दुख,पीडा र वेदना मात्रै तीज गीतका विषयवस्तु हैनन् सुख र संमृद्धिका विषयलाई  पनि तीज गीतभित्र अटाउन सकिन्छ भन्ने मान्यता गीतकार प्रकाश सुवेदीको रहेको छ।

कुनै पनि सृजनाले सन्देश दिन जरुरी छ र सन्देश सहितको सृजना सर्वस्वीकार्य हुन्छ भन्ने मान्यता राख्दै अाएका गीतकार प्रकाश सुवेदी सृजना भित्र कथा बुन्न पनि सिपालु  छन्।समग्र गीतको भाव सकरात्मक रहेको यो गीतमा  भिडियोका क्लिपहरु पनि सकरात्मक शिक्षा दिने तरिकाले प्रस्तुत गरिएको छ।