पोखरा । पोखरामा आज नेपाल बिधार्थी संघले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल बिधार्थी संघका निवर्तमान केन्द्रीय महामन्त्री एबं चर्चित युवा नेता कुन्दनराज काफ्ले ले नेपाल बिधार्थी संघले ओली सरकारले गरेको भ्रष्टाचार मनपरी र ज़्यादतीका बिरूद संघर्षका कार्यक्रमलाई अगाडी बढाउने बताए । उनले ने.बि.संघका सम्पूर्ण तहका बिधार्थीहरूलाई भावानात्मक एकताका साथ कम्युनिस्ट अतिवादका बिरूद्द सम्पूर्ण बिधार्थीहरूलाई साथमा लियर अगाडी बढ़ने बताए। कार्यक्रममा नेपाल बिधार्थी संघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुली, भानु ढकाल, गोपाल गुरूड्ं, पुनम भट्टराई, मिलन आले, जानुका पन्त पुर्व केन्द्रीय सदस्य गोबिन्द लामिछाने र सरोज के सी पुर्व जिल्ला सभापति लक्ष्मी प्रसाद पौडेल सहित नेपाल बिधार्थी संघका नेताहरू सन्तोष पौडेल, किरण बराल, गोबिन्द नेपाली, राजाराम पौडेल, सन्तोष बास्तोला, तारानाथ अधिकारी, बिष्णु खनाल, मिन नेपाली, राजेन्द्र बराल, अन्जान थापा सहित ने.बि.संघ कास्कीका क्षेत्रीय सभापतिहरू, क्याम्पस ईकाइका सभापतिहरू, स्व.बि.यु का सभापति एबं पदाधिकारीहरू र नेपाल बिधार्थी संघ कास्कीका सम्पूर्ण क्रियाशील, जुझारू बिधार्थी नेताहरूको उपस्थित रहेको थियो । भेलाले ओली सरकारको जनविरोधी कार्यको एक ढिका भयर प्रतिरोध गर्ने निर्णय गर्दे संगठनलाई एक ढिका बनायर अगाडी बढ़ने सामूहिक संकल्प गरेको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.