पोखरा । महिलाहरुको महान चाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजना र इन्द्रेणी एकीकृत विकास केन्द्रको सह—आयोजनामा पोखराको टँुडिखेलमा हुने तीज मेलामा गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता हुने भएको छ ।
भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद ११ हजार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । यस्तै, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ६ हजार र ३ हजार प्रदान गरिने र छेलो प्रतियोगिताको प्रायोजन सेल्युट गोर्खा ट्रेनीङ सेन्टरले गरेको मुल आयोजक समिति संयोजक शोभा गौतमले बताइन् ।
‘पछिल्लो समय छेलो प्रतियोगिता कम हुँदै गएको छ ।’— भुतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘छेलो खेलको संरक्षणका लागि भएपनि प्रतियोगिताको आवश्यक्ता छ ।’
केही समय अगाडी नेपालमा छेलो प्रतियोगिता अत्यधिक हुने गरेको गुरुङको भनाई थियो । तर अहिले उक्त खेल विस्तारै लोपोन्मुख भएको उनले बताए ।
खेलले आपसी भाइचाराको सम्बन्ध बढाउने प्रतियोगिताका संयोजक खेमबहादुर गुरुङले बताए । नेपालीहरुको मौलिक चाड तीजको अवसरमा उक्त प्रतियोगिताले मेला अवलोकन गर्न आउनेलाई उत्साह मिल्ने उनको भनाई थियो ।
खेलकुद विभाग प्रमुख गेहेन्द्रमान श्रेष्ठले हाम्रो मौलिक खेलहरुको विकासका लागि खेलाडीहरु उत्पादन गरिनुपर्नेमा जोड दिए । छेलो खेलको पनि आवश्यक तालिम र सिकाई आधारमा निरन्तर प्रतियोगिताको आवश्यक्ता रहेको उनले आँैल्याए । तीज मेला भदौ ११ देखि १७ गतेसम्म हुनेछ ।