युनियनद्धारा पत्रकार हमालको तत्काल रिहाईको माग

0
811

पोखरा ।पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति नेपाल प्रेस युनियन कास्कीको ध्यान आकर्षण भएको छ ।
जनसंचार डटकमका संचालक सम्पादक ओम हमाललाई कास्की प्रहरीले पोखरा महानगर पालीका ३० खुदीवाट पक्राउ गरेको प्रति घोर भरसना गरेको छ ।
हमालले पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार, अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाल जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी,धौलागिरीका संयोजक समेत रहेका छन् ।
पत्रकार पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशिघ्र रिहाइको माग गदै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदिप पौडलद्धारा संयुक्त रुपमा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।