वाइवाइ(टुडिखेल) तिजमेलाको तयारी तिब्र

0
885

पोखरा ।  पुरानो टुडिखेल बगर १ पोखरामा यहि भाद्र ११ देखि १७ गते सम्म हुने “वाईवाई तीजमेला–२०७६” को तयारी तिव पारिएको छ ।

पुस्पान्जली फेसन एन्ड इभेन्टले आयोजना गर्ने उक्त मेलाको तयारी तिव पारिएको मुल आयोजक समिति संयोजक शोभा गौतमले जानकारी दिइन ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा पारि आयोजन गर्न लागिएको मेला स्थल पुरानो टुडिखेलमा हाल स्टल वनाउने सगै वाल उद्यान निमार्णको काम भै रहेको र मेलाको प्रचार प्रचार तिब्र गतिमा रहेको प्रचार प्रसार समिती संयोजक दिनेश शर्माले बताए । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, लत्ता कपडा सगै रेष्टुरेन्ट लगायतका स्टलहरु रहने आयोजकले बताए ।

यस्का अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिताहुने र प्रतियोगितामा प्रथमहुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउनेछन् । यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०१०१, द्वितीयले ७१०१, तृतीयले ५१०१ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन । मेलामा पोखरा पिजा टपरि गास्ने प्रतियोगिता समेत हुने भएको छ ।

त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय सल्युट गोर्खा छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्र्तगत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रोहुनेले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउनेछन । मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट , सिक्नेचर र हरपल चामल , अफिसियल बैकीङ पार्टनरमा प्रभु बैंक , सह-प्रायोजकमा नेपाल टेलिकम , नेपाल आइस बियर र कुन्दन तेल , उप-प्रायोजकमा बिग मास्टर वाइन , सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा , प्रबर्द्धकमा आकृती एड्भटाइजिङ , पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड , सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम , द बर्गर हाउस , अन्नपूर्ण केवलकार , रियो जुस , कमल सुनचादी , एनबिजेके सप्लायर्स , कल्चर रिसोर्ट , होटल बाराही , सल्युट गोर्खा ट्रेनीङ सेन्टर , कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।