पतिको स्मृतिमा हरिश्चन्द्र शोककाव्य

0
1243

पोखरा ।
आमा हुँ म सन्तानका लागि बाँच्नुपर्छ,
शोकलाई शक्तिभित्र अब साँच्नुपर्छ।
पोखरा महानगरपालिकाकी अधिकृत तथा गायीका एबं साहित्यकार चन्द्रावती वाग्लेले  गत वर्ष को भदौ महिनामा श्रीमान् गुमाइन् । जीवन यात्राको माझधारमा जीवनसाथी गुमाउनुको पीडाले उनी बिक्षिप्त बनिन् । श्रीमान सँगको बिछोडको घडीले हृदय कति ब्यथित बन्छ भन्ने   शोकको पीडालाई  उनले शोक काब्य मार्फत ब्यक्त गरेकी छन । काव्यकार वाग्लेले शोकलाई शक्तिमा बदल्दै अघि बढ्ने बताएकी छन । जीवनमा जन्म दिने आमा बाबु गुमाए,जीवनसाथी गुमाए उनले भक्कानिदै भनिन् मैले जीवनमा भोगेका  आँसु र  पीडाको कथालाई शोक काब्यको रुप दिए । सधैभरि ‘रोएर बसेर मात्रै पनि  भएन अब छोराछोरीको लागि बाँच्नुपर्छ ,समाजका लागि बाँच्नुपर्छ उनले भनिन् ।आगामी दिनमा पनि  सिर्जनालाई निरन्तरता दिने उनको भनाई थियो । ।
पति हरिश्चन्द्रको वार्षिकीमा चन्द्रावतीको शोककाव्य हरिश्चन्द्र   पोखरामा सार्वजनिक भएको छ ।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा र जागरण अभियान नेपाल पोखराले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा व्यास नगरपालिकका मेयर बैकुण्ठ न्यौपानेले  शोककाव्य सार्वजनिक गरे।
कार्यक्रममा बोल्दै  न्यौपानेले पतिको शोकमा विह्वल भएरमात्र जीवन नचल्ने  भन्दै  स्वर्गीय वाग्लेको खुषिका लागि पनि सिर्जनात्मक र सामाजिक काम गरेर  अघि बढ्न सुझाव दिए ।    कृतिका समीक्षक जगन्नाथ रेग्मीले  नेपाली साहित्यमा  पतिको स्मृतिमा लेखिएका  शोककाव्यको   विशेष स्थान रहेने बताए । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमा प्राध्यापक दीपकचन्द्र वाग्ले, जागरण अभियान नेपाल पोखरा अध्यक्ष छन्दमणि, पोखरा महानगरका वसन्त चालिसे, नारी प्रतिभाका महासचिव लक्ष्मी थापा, सचिव प्रतिभा शर्मा लगायतले बोलेका थिए ।