पोखरा । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य उद्योगी , समाजसेबी सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन ।
प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको पुस्कार घोषणा कार्यक्रममा केसीले पुरस्कारको लागि ६ लाख अक्षयकोष स्थापनाको घोषणा गरेका हुन ।
प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकार लाई हरेक वर्ष नगद ५१ हजार सहित सम्मान गरिनेछ । पुरस्कार प्रदान गर्दा पत्रकार महिलालाई प्राथमिकता दिने गरी सो पुरस्कार घोषणा गरिएको हो । आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा समाजसेवी केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन ।
पत्रकारले लेखेका समाचारका आधारमा जनताले अबधारण बनाउछन् केसीले भने पत्रकार देश र समाजप्रति जिम्मेवार बन्नु पर्दछ । उनले राष्ट्रिय बिकासका पक्षमा कलम चलाउन समेत पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन, कास्कीका अध्यक्ष नविन सिग्देलले पत्रकारको हक र हितका लागि युनियन सधै लागि परेको बताए । युनियन कास्कीले पहिला सपना देख्छ ,सपना अनुसार योजना बनाउछ र कार्यन्वयन गरेर देखाउँछ अध्यक्ष सिग्देलले भने । उनले अक्षयकोषको संस्थापक तथा संघीय सांसद सुर्य बहादुर केसीद्वारा केही महिनामै देशैभरका पत्रकारका लागि उपचारार्थ अक्षयकोषको स्थापना गर्ने समेत जानकारी दिए ।
प्रत्येक बर्ष प्रदान गरिने पुरस्कार एक बर्ष अनिवार्य महिला र अर्को बर्षमा पुरुषलाई पनि प्रदान गर्न सकिने गरि दायरा फराकिलो बनाएको समेत कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य रबिन्द्र बाँस्तोला, नेपाल प्रेस युनियन केन्द्रियका उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तब्य नेपाल प्रेस यूनियन कास्कीका बरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले गरेका थिए भने कार्यक्रमको संचालन सचिव प्रदिप पौडेलले गरेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.