पोखरा । पोखरा ३ का पुर्ब वडा अध्यक्ष नारायण उदासलाई मातृशोक परेको छ ।उहाँका ममतामयी आमा मिश्रीदेबी उदासको ८५ बर्षको उमेरमा निधन भएको हो । आन्द्राको क्यान्सरबाट पिडित उदासको गएराति १० बजेतिर पोखरा ३ स्थित आफ्नै निबासमा निधन भएको परिवारजनले पोखरा पोष्टलाई जानकारी गराए । उहाँ बिगत २ बर्षदेखि आन्दा्रको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो ।
उहाँको आज पोखरा ३ स्थित तुल्सीघाटमा अन्त्यष्टि गरिएको छ । उहाँलाई कान्छा छोरा राजु उदासले दागबत्ति दिएका हुन । उहाँका चार छोरा बसन्त उदास ,अच्युत उदास ,नारायण उदास ,राजु उदास र दुई छोरी रहेका छन ।