प्रज्ञा नेपाली बालकथा र बालप्रज्ञा देशका हरेक विधालयहरुमा पुर्याउनुपर्छ

0
1382

´

नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकबार्ता) बिभागद्वारा बाल साहित्यका लागि अपेक्षित भाषा,विषय,बिम्ब छनौट विषयक विचार गोष्ठी बालप्रज्ञा (अर्धवार्षिक पत्रिका) र प्रज्ञा नेपाली बालकथा कृतिको परिचर्चा कार्यक्रम प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको सभापतित्वमा प्रतिष्ठानकै सभाहलमा सम्पन्न भयो।

नेपाल प्रज्ञा प्रतिष्ठानले विविध  भाषा, साहित्य, संस्कृति, जात, जाति अादिका  क्षेत्रमा उल्लेखनीय कार्य  गर्दै अाएको भएता पनि  हालसम्म बालबालिकालाई लक्षित गरेर कुनै पनि पुस्तक या पत्रिका प्रकाशन गरेको थिएन।यसरी हेर्दा प्रौढहरुको लागि प्रसस्त पाठ्य सामग्री प्रकाशन गरेको भएता पनि एउटा उमेर समूह (बालबालिका जो भविस्यका कर्णधार हुन्) लाई प्रज्ञा प्रतिष्ठानले सम्बोधन गर्न बाँकी नै थियो।यहि कुराको अभाव खड्किरहेक‍ो अवस्थामा प्रतिष्ठानले बालप्रज्ञा (अर्धवार्षिक पत्रिका) र प्रज्ञा नेपाली बालकथा प्रकाशित गर्ने संस्कारको सुरुअात गरेर बालबालिकालाई पनि सम्बोधन गरेेको छ।
बालबालिका सृजनाका अाधारभूमि  भएको हुँदा उनीहरुलाई मनोरञ्जन दिनुका   साथसाथै   सकरात्मक सोचको विकास र नैतिक/चरित्रवान शिक्षाको संप्रेषण गर्नुपर्छ भन्ने मर्मलाई अात्सात् गर्दै उल्लेखित पुस्तकहरु प्रकाशन गरिएको छ।

बालसाहित्य मुलतः “बालकका निम्ति कुनै पनि उमेर समूहका लेखकले तथा बालबालिका स्वयंद्वारा लिखिएको  र बालकद्वारा नै अाश्वादन गरिने साहित्य” भन्ने वुझिन्छ।बाल साहित्य बालबालिकालाई ज्ञान मात्र सिकाउने हैन विज्ञान प्रविधि सिकाउने,अतितको बारेमा जानकारी गराउने अग्रजहरुको जीवनयापन शैलीको बारेमा जानकारी गराउने,राष्ट्रप्रतिको गरिमा र महत्व बुझाउने,विश्व भूगोल चिनाउने जस्ता विशेषताले भरिपूर्ण   हुनुपर्दछ।

यी पुस्तकाकार कृतिहरु अत्यन्तै मेहनतका साथ प्रकाशन गरिएको र हरेक बालबालिकाका लागि अति उपयोगि भएको हुँदा प्रतिष्ठानले  देशका कुनाकाप्चाका हरेक सरकारी,सामूदायिक र संस्थागत  विधालयहरुमा पुर्याउन जरुरी छ र पुर्याउन सक्यो भने मात्रै प्रकाशन गर्नुको अौचित्य पुष्टि हुन्छ ।