कास्की । युवाको नेतृत्व बिकास, युवा उद्यमशिलता, व्यक्तित्व बिकास, वाताबरण, दिगो बिकास प्राप्तीका लक्ष्य, सुचना प्रबिधि र सडक सुरक्षाको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको नेपाल युवा परिषदले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । परिषदले पर्यटन प्रवद्र्धन गर्ने साथै ओझेल परेका र प्रसिद्ध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उदेश्य सहित बिश्व पर्यटन दिवसको दिन अर्थात् सेप्टेम्बर २७ का दिन नविल बैँककौ सहकार्यमा ७७ वटै जिल्लामा रहेको प्रर्यटकीय स्थलहरुको पहिचान गरि उक्त स्थानमा १०० भन्दा बढी युवाहरुलाई सहभागीता गराई राष्ट्रिय स्तरको बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम ७७ वटै जिल्लामा सम्पन्न भएको हो ।
नेपाल सरकारले २०२० सम्ममा २० लाख पर्यटन भित्राउने उदेश्य सहित नेपाल भ्रमण बर्ष २०२० अभियान सुरुवात गरेको छ । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष २०१९ समेत मनाईरहदा यस कार्यक्रमले गण्डकी प्रदेशको आन्तरीक पर्यटन लाई प्रर्वधन गर्नमा ठुलो भुमिका खेल्नेछ् , नेपाल युवा परिषद गण्डकी प्रदेशका संयोजक मोनिका रानाभाटले बताउनु भयो ।नेपालमा अन्य यस्ता धेरै पर्यटकीय स्थलहरु रहेका छन् । जुन प्रवद्र्धनको कमिले गर्दा ओझेलमा परिरहेको छ । कत्ति पर्यटकीय स्थल, सम्पदा गाउँहरु पर्यटकहरुको प्रतिक्षामा बसिरहेका छन् । उक्त कार्यक्रम सरसफाई कार्यक्रम मात्र नभईकन नेपालका ओझेलमा रहेका पर्यटकीय स्थलहरु प्रवद्र्धन गर्ने एउटा उत्तम अवसर सावित हुने रानाभाटले बताउनु भयो ।
कास्कीमा उक्त कार्यक्रमको लागि राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागिता जनाएका सहभागिहरु का साथै नेपाल युवा परिषदको कास्की शाखाले नेतृत्व लिएको थियो । कार्यक्रमलाई पोखरा महानगरपालीका, नबिल बैक, लयन्स क्लब अफ पोखरा सेन्टल स्टेट, पोखरा उपत्यका बृहत सरसफाई अभियान, मितेरी महिला समुह लगायत अन्य बिभिन्न संघ सस्थाह को सहकार्य र सहयोग रहेको थियो । कास्कीमा १०८ जनाको सहभागीता रहेको उक्त कार्यक्रममा फेवा तालको जलकुम्भी फाल्नुका साथै फेवा ताल छेउको फुट ट्रेलको समेत सरसफाई गरियको थियो । युवाहरुको सहभागीतामा भएको उक्त कार्यक्रमले बाताबरण संरक्षणमा युवाहरुलाई जिम्मेवार बनाउनका साथै पर्यटन पर्वधनमा ठुलो भुमीका खेलेको रानाभाटले बताउनु भयो ।