मोडलले गरिन् कुकुरसँग विवाह

१६ आश्विन २०७६, बिहीबार

बेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ । ४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताएकी हुन् ।

२ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन् । इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । त्यसबेला बेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थानथियो । उनको एक २५ वर्षीय छोरासमेत छन् ।तर, धेरै पटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ । उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । उनले कुकुरसँग विवाह गरेपछि पुरुष किन चाहियो भन्ने प्रश्न पनि गरेकी छन् ।

Leave a Reply