पाेखरा । तराईका राैटहत र सर्लाही जिल्लावाट वाढिका कारण विस्थापित भइ पाेखरामा कष्टकर जीवन विताउदै अाएकालाई मानवीय सेवा अभियान नेपालले खाध्यान्न सहयोग गरेको छ । दशैकाे अवसर पारेर पाेखराकाे तल्लो विराैटा काउसेघारीमा कष्टकर जीवनयापन गरिरहेका १४ घरका १ सय २२ जनालाई खाध्यसामाग्री वितरण गरिएको हाे ।
चामल, दाल, नुन,तेल,मस्याैरा, अालु, अाटा ,दन्तमञ्जन, सावुन लगायत खाध्यसामाग्री सहित फलफुल वितरण गरिएको हाे ।
खाध्यान्न हस्तान्तरण गर्दै अभियनका अध्यक्ष तथा अभियन्ता सुष्मा पाैडेलले दशैका अवसरमा कष्टकर जीवनयापन गर्दै अाएका तराई मुलका नेपालीको अनुहारमा थाेरै भएपनी खुसीयाली ल्याउन उक्त कार्यक्रम अायाेजना गरिएको बताइन् । साथै छाेराछाेरीलाइ माग्ने कार्यमा नलगाउन अनुराेध गर्दै विद्यालय भर्ना गर्नुपर्ने अावश्यकता अाैलाइन् ।
कार्यक्रम संयाेजक उपाध्यक्ष मेधमान श्रेष्ठले यस कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयाेगीहरुलाइ धन्यवाद दिदै मानवीयता नै सबैभन्दा ठुलाे धर्म भएको बताए ।
कार्यक्रममा सल्लाहकार माधव पहारी, सचिव सावित्री शर्मा काेषाध्यक्ष लालशिव याेगी, सदस्यहरु दिपा पाैडेल,करुणा गुरुङ,हिमालय बख्रेल सहित लक्ष्मी थापा,दुर्गा रञ्जित र सविना बस्नेतले लगायतलेसंयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए ।
मानविय सेवा अभियानले पुराना लगाउन मिल्ने कपडा संकलन गरि लक्षित बर्गलाइ वितरण गरिरहेकाे छ । साथै बाटाेमा बेवारिसे अवस्थामा रहेकालाई पुनस्थापना गर्नुकाे साथै परामर्श समेत प्रदान गर्दै अाएकाे छ । साथै अाफुसंग भएका सफा लगाउन मिल्ने कपडा, भाडाकुडा लगायतका सामाग्री सहयोग गर्न अभियन्ताहरुले अाह्वान समेत गरेका छन्