शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम प्रेस युनियन कास्कीलाई हस्तान्तरण

0
737

कास्की। पूर्णप्रसादबराल, मायादेवी बराल शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम मंगलबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ ।
पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका छोरा समाजसेवी ,धार्मिक ब्यक्तित्व धर्मराज बराल भोलाले मंगलबार बराल निवासमै आयोजित एक कार्यक्रम बीच अक्षयकोष रकमको चेक युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई हस्तान्तरण गरेक हुन । अक्षयकोषको रकम तीन लाख ३३ हजार ३ सय ३३ रहेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बरालले धर्म संस्कृतिका बिषयमा कलम चलाउने श्रमजिवी पत्रकारलाई प्रोत्साहन स्वरुप आफ्नो परिवारले पुरस्कारको स्थापना गरेको बताए ।मंगलबार नै बरालकी आमा मायादेवी बरालको वार्षिक पुन्य तिथि परेको र वार्षिकी कार्यक्रममै रकम हस्तान्तरण गरेका उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर पाँच लाख पुर्याउने घोषणा समेत गरेका छन् । युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, गण्डकी प्रदेश संयोजक टंक अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका सल्लाहकार डाक्टर बलराम उपाध्यय रेग्मी, लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत युनियन कास्कीका उपाध्यक्ष रबिना आलेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रकाशचन्द्र साप्कोटाले गरेका थिए ।पूर्णप्रसाद, स्वर्गिय मायादेवी बराल शान्ती पत्रकारिता पुरस्कार प्रत्येक वर्ष शान्ती, अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदान गरिनेछ । गत वर्ष पत्रकार राजबहादुर गुरुङलाई नगद पच्चीस हजार पाँच सय पचपन्न रुपैया , दोसल्ला र सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष बरालले पोखरा पोष्टलाई जानकारी दिए।