कास्की ।कास्की आदर्श सेवा समाज युएईको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।
“कास्की आदर्श समाजको पहिचान: निस्वार्थ समाज सेवा हाम्रो अभियान” तथा ‘एक थोपा रगत आफ्नै माटोको लागि’ भन्ने नाराका साथ विजया दशमी तथा शुभ दिपावली २०७६ को शुभ अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष तिलकशाली सापकोटाले कास्की आर्दश सेवा समाज युएईका अध्यक्ष केदार कुँवरलाई व्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष निरज थापा (नेपाल च्याप्टर) अर्का नवनिर्वाचित उपाध्यक्ष पुष्पराज अधिकारी (मध्यपुर्व क्षेत्र), क्षेत्रीय रक्तसञ्चारका प्रमुख धुव्रमणी लामिछाने, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित साँस्कृतिक संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उप–महासचिव चोलेन्द्र पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य घनश्याम रिजाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको द्धितीय उपाध्यक्ष लोकदोहोरी गायिका तुलसी क्षेत्री, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित नेपाल च्याप्टर सहसंयोजक खिम बहादुर कार्की, कास्की आदर्श समाज युएइका विभिन्न पदाधिकारी तथा सदस्यहरू लगायत स्थानियहरू को उपस्थिति रहेको थियो ।
कास्की आदर्श सेवा समाज युएईका आजिवन सदस्य अस्मिता थापाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन समाजका उपाध्यक्ष राजेश श्रेष्ठले गरेका थिय। शुभकामना मन्तव्यका क्रममा विशेष अतिथी पुष्पराज अधिकारीले समाजले गत वर्ष देखि दशै तिहारको अवसरमा घर बिदामा रहेका बखत स्वदेशमा नै रक्तदान गरि उदाहरणिय कार्य गरेको कुरा बतायका थिय भने शुभकामना मन्तव्यकै क्रममा अर्का वक्ता चोलेन्द्र पौडेलले समाजले जन्मभुमिको विकासका लागी सारेका हरेक कार्यक्रममा हामी कलाकारको पनि हर संभव साथ तथा सहयोग रहने कुरा व्यक्त गर्दै सफल हुँदै गरेको कार्यक्रमको शुभकामना दिदै कास्की आदर्शको उन्नती र प्रगतीको शुभकामना व्यक्त गरेका थिय ।
शुभकामना मन्तव्यकै क्रममा प्रमुख अतिथी तिलकशाली सापकोटाले कास्की आदर्श समाज यूएइमा कार्यरत रहेका साथीहरू दशै तिहारका बखत स्वदेशमा नै रक्तदान जस्तो महान कार्य गर्न लालायित रहँदै वर्तमान समय हरेक चिज बजारमा डुब्लिकेट पाइरहँदा रक्त मात्रै यस्तो चिज हो जुन सबैलाइ अपरिहार्य र शुद्द नै चाहिन्छ भन्ने कुरा राख्दै भविष्यका दिनहरूमा यस्ता कामहरू गर्दा अन्तराष्ट्रिय समन्वय परिषद् सँग सहकार्य गर्ने बतायका थिय समाजका अध्यक्ष केदार कुँवरले समाजको वार्षिक कार्यतालीका अन्तरगत रहेको रक्तदान कार्यक्रम दोश्रो रहेको कुरा बताउँदै, गत वर्ष हेमजामा, अहिले बिरौटामा र अर्को साल अर्को क्षेत्रमा आयोजना गर्ने बताए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.