फोनिज युके पत्रकारिता सम्मान २०१९ बाट शान्ती गुरुङ सम्मानित

0
772

कास्की ।फोनिज युके पत्रकारिता सम्मान २०१९ बाट पोखराका अग्रज पत्रकार शान्ती गुरुङ सम्मानित हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज संघीय समिति र फोनिज बेलायत शाखाले एक कार्यक्रमको आयोजना गरि गुरुङलाई उक्त सम्मान गरेको हो ।
नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा ले नगद ३० हजार रुपैया र सम्मान पत्र सहित गुरुङलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । फोनिज बेलायत शाखाले सन् २०१६ मा यो पुरस्कारको स्थापना गरेको हो ।
बेलायती सेनाका अवकाश प्राप्त मेजर सोनाम शेर्पा यो पुरस्कारका संस्थापक हुन । यसैबीच यो पुरस्कारलाई दीर्घकालीन रुप दिन ५ लाख रुपैयाँको अक्ष्यकोष समेत स्थापना गरिएको छ ।