गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रिय सह-संयोजकमा शुक्रराज न्यौपाने निर्वाचित भएका छन्। काठमाण्डौंमा सम्पन्न भएको संघको नवौं संम्मेलनका लागि आयरल्याण्डबाट न्यौपानेले युरोप क्षेत्रिय सह-संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
एनआरएनए आयरल्यान्डको २००९–२०११ का अध्यक्ष रहेका न्यौपाने हाल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति अन्तर्गत टुरिजम प्रबद्धन समितिका सदस्य एवं एनआएनए आयरल्यान्डको संरक्षक छन्।
पोखरा महानगर वडा नं ६ बैदाममा जन्मेका न्यौपाने विगत १६ वर्षदेखी आयरल्यान्डमा परिवारका साथ बसेका छन। न्यौपाने नेपालदेखी नै व्यवसाय, समाजसेवा र बिद्यार्थी राजनीतिमा अनुभवी रहेका व्यक्तित्व हुन्। ऊनी आयरल्यान्डको राजधानी डब्लिनदेखी ३ सय किलोमिटर टाढा कोर्क शहरलाई आफ्नो स्थाई बसोबास बनाएका न्यौपाने मोफसलमा रहेर पनि अन्य शहरमा पनि समाज स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सफल भएका छन् ।
यूरोप सह-संयोजकमा विजयी भएपछि हामीसंग कुरा गर्दै शुक्रराज न्यौपानेले आफु संस्थागत रूपमा यूरोप क्षेत्रमा भिजिट नेपाल २०२० को साथै नेपालको समग्र पर्यटन प्रबर्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछन। न्यौपानेले पर्यटन प्रबर्द्धनका कुराहरुमा हाल देखिएका विभिन्न ठाउंका विभिन्न समस्याहरु आफ्नो ठाउँबाट सुधारको लागि भूमिका खेल्ने बताउँछन् ।