तत्कालीन मन्त्री अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव छ : मन्त्री भट्टराई

७ कार्तिक २०७६, बिहीबार

अमृत बास्तोला
तेह्रथुम । बिमानस्थल निर्माणका लागि पटकपटक चर्चा हुदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा अब एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा आउनुभएका संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताउनुभयो ।यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा दुर्घटनामा परि म भन्दा अगाडिका मन्त्री रविन्द्र अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव रहेको छ ।

विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन र यो आर्थिक वर्ष भित्र टेन्डर निकाल्ने कार्य हुने भएकोले एयरपोर्ट बन्छ, मन्त्री भट्टराईले भन्नुभयो ।
अरू एयरपोर्ट भन्दापनि यो विभिन्न कारणले चुहानडाँडा एयरपोर्ट प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सेन्टरमा भएकोले यो एयरपोर्ट हरेका हिसाबले उपयुक्त हुदाँ पूर्वी क्षेत्रको पर्यटन विकासको लागि यो एयरपोर्ट निर्माण हुनु महत्त्वपूर्ण रहेको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो ।

Leave a Reply