निर्माण व्यवसायी संघ मकवानपुरको टोली घान्द्रुकमा

१७ कार्तिक २०७६, आईतवार

पोखरा । निर्माण व्यवसायी संघ मकवानपुरको कार्यसमितिसहितको टोलीले पर्यटकीय स्थल घान्द्रुकको भ्रमण गरेको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्व सन्ध्यामा संघले नेपालका प्रमुख पर्यटकीय स्थलहरुको भ्रमणको क्रममा पर्यटकीय स्थल कास्की जिल्लाको घान्द्रुकको शनिबार र आइतबार भ्रमण गरेको हो ।
कास्की जिल्लाको घान्द्रुकमा आइतबार भएको संघको वैठकले आगामी दिनमा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न देशका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने निर्णय गरेको छ ।
वैठकले संघको कार्यसमितिसहित पालिकाका संयोजकहरुको संयुक्त वैठक र नेतृत्व विकास तालिम आयोजना गर्ने
वैठकले पर्यटक स्थल घान्द्रुकको पर्यटन प्रबद्र्धनमा संघको तर्फबाट प्रचार प्रसार गरी सहयोग गरिने निर्णय गरेको संघका अध्यक्ष श्यामसुन्दर ढकालले जानकारी दिनुभयो ।
पर्यटकीय भ्रमणमा संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, पूर्व अध्यक्ष प्रभात दाहाल, प्रेस सल्लाहकार राममणि दाहाललगायतको सहभागिता रहेको छ । भ्रमणको क्रममा घान्द्रुकलगायतका पर्यटकीय स्थलहरुको बारेमा जानकारी लिनुका साथै स्थानीयसँग आन्तरिक पर्यटक प्रबद्र्धन र विकासका सम्बन्धमा अन्तरक्रिया गरिएको थियो

Leave a Reply