गरीवि र पछौटेपन तोड्न राजनीतिक एकता आवश्यक – जि. स. स. कास्की प्रमुख वैंनवहादुर क्षेत्री

0
784

कास्की। मादी गाउपालीका वडा नं ९ ले आफ्नो वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैंनवहादुर अधिकारीले एक औंपचारिक समारोहका वीच भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम्ुख क्षेत्रीले विकासको वाधक वनेको गरीवि र पछौटेपनलाई तोड्न सवै राजनीतिक दल एक भएर अगाडी वढ्नुको विकल्प नरहेको वताए । उनले व्यवसायीक दक्षता र व्यवसायीक धैर्यताका साथ योजनावद्ध ढंगले सामुहीक खेती प्रणाली मार्फत उत्पादन वृद्धी गर्नसके आर्थिक समृद्धीमा सहहयोग पुग्ने विश्वास व्यक्त गरे । खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य लगाएतका पुर्वाधार निर्माणमा जिल्ला समन्वय समिति सधै तयार रहेको भन्दै उनले विकासको सन्तुलन मिालएर अगाडी वढ्नुपर्नेमा जोड दिए ।
कूल ६२ लाख ६७ हजार रुपया लागतमा वन्न लागेको उक्त भवनमा सभाहल सहित ६ कोठा रहने छन् । यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी स्थानीय ठेकेदार चन्द्रप्रसाद अधिकारीले निर्माण कार्यको जिम्मा पाएका छन । जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषवाट ६० प्रतिशत र मादी गाँउपालिकाले ४० प्रतिशत खर्च वेहोर्नेगरी भवन निर्माण कार्य अगाडी वढेको हो । जिल्ला समन्वय समिति कास्कीको सहयोगमा यसैवर्ष कास्कबीका तीनवटा गाउपालिकाका प्रशाशकीय भवन सँगै २२ वटा वडा कार्यलय भवन निर्माण हुँदैछन् ।

मादी गाउपालिकाी उपप्रमुख विष्णुमाया आचार्य पौडेलले समानतरीकाले वजेट विनियोजन गरी मादी गाउपालिकाले लिएको सडक स्तरोन्नती र वडा कार्यालय भवन सम्पन्न गर्ने लक्षलाई सवैले सघाउन आग्रह गरिन ।
मादी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले यहाको भौगोलिक विकटतालाई मध्यनजरगर्दै गाउपालिकाले नीति तथा योजना र विकास निर्माणका कार्य अगाडी वढाएको वताए । जनताको सार्थक सहभागिता नभएसम्म विकासले गतिलिन नसक्ने भन्दै उनले गाउपालिका र वडा कार्यालयको अधिनमा रहेर समयमै भवन निर्माणकार्य सम्पन्न गर्न ठेकेदारलाई आग्र गरे ।
ठेकेदार चन्द्रप्रशास अधिकारीले आफ्नो भावनात्मक संवन्ध जोडिएको यस ठाउमा नाफा र नोक्सान नहेरीकन समयमै गुणस्तरीय भजन वनाएर वडाकार्यालयलाई हस्तान्तरण गर्ने प्रतिदद्धता व्यक्त गरे ।
वडाध्यक्ष एवं कार्यक्रमका सभापती तोरण गुरुङले जनताको सेवा प्रवाहसँग प्रतक्ष जोडिएको योजनाभएकाले सवैको सहयोगले समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा समाजसेवी होमवहादुर गुरुङ, प्राध्यापक विश्वराज अधिकारी, नेपाली कांग्रेसका सुर्य वहादुर थापा, नेकपाका वडा अध्यक्ष श्री प्रसाद गुरुङले वडा कार्यलय भवनलाई गुणस्तरीय र वलियो वनाएर समयै सम्पन्न गर्न आग्रह गरेका थिए ।
वडा कार्यलय भवन वनाउनका लागी स्थानीय नरस्ुव्वा गुरुङ, कृष्णप्रसाद अधिकारी, मानजंग गुरुङ, पितृराज पहारी, वद्रीप्रसाद पहारी, पुर्ण वहादुर विक, नारायणदत्त पहारी, राजीन भुजेल लगाएतले जग्गा प्रदान गरेका थिए । जग्गादाताले दिएको जग्गमा वडा कार्यालय भवन निर्माणसँगै खेल मैदान समेत निर्माण गरिएको छ