पोखरा । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युट अफ नेपाल अफिनको गण्डकी प्रदेश अध्यक्षमा शिक्षासेवी तथा स्वास्थ्यसेवी अशोक पालिखे चयन भएका छन् । मंगलबार पोखरामा सम्पन्न निजि अस्पतालका सदस्यहरुको एक भेलाले पालिखेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा डा गिरधारी शर्मा , सचिव ऋषि खतिवडा, कोषाध्यक्ष डा पुजन शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा गौतम पौडेल, विश्व घिमिरे, कपिल पोख्रेल र तुलबहादुर राना रहेका छन । यसैगरी सल्लाहकारहरुमा डा पदम बहादुर खड्का, डा प्रेम पुन र डा ऋषिराम ढकाल रहेका छन ।
गण्डकी प्रदेशमा स्थापित अस्पतालहरुको सेवा सुविधा र त्यसको गुणस्तरीयतमा बृद्धि गर्न, प्रगतिको मूल्याङक गर्ने, साथै आइपर्ने समस्याहरुलाई समाधान गर्न सबै निजी अस्पतालहरु एक जुट हुनु पर्ने उदेश्यका साथ समिति गठन भएको समितिका अध्यक्ष अशोक पालिखेले पोखरा पोष्टलाई बताए ।
पोखरा लगायत गण्डकी प्रदेशका हस्पिटलको प्रगतिका साथै आम सेवाग्राहीहरुलाई थप गुणस्तरीय स्वास्थ्य सेवा दिन निजि अस्पतालहरु प्रतिबद्ध हुनु पर्ने भेलामा सहभागी अस्पतालका सदस्यहरु धारणा राखेका थिए ।