पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो गरेका हुन् ।
उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता सरकारप्रति निकै रुष्ट भएको जानकारी दिए । ‘भलाम क्षेत्रका मतदाता यो सरकारप्रति निकै रुष्ट बनेका रहेछन् । मेरो उपस्थितिले उनीहरू केही शान्त भएका छन्’, उम्मेदवार खेमराजले भलामको घरदैलो सकेर पोखरा फर्किएपछि भने, ‘म सधैं तपाइँहरूकै साथमा र सुख दुःखमा रहनेछु भनेर प्रतिवद्धता जनाएको छु ।’
घरदैलो अभियान समापन कार्यक्रममा संयोजक विन्दुकुमार थापाले कम्युनिष्ट सरकारको रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले जनताको आशा र भरोषाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए ।
सांसद विन्दादेवी रानाले जनताको पहरेदार पार्टी कांग्रेसमात्र भएको भन्दै सरकारलाई ठीक ठाउँमा ल्याउन पनि कांग्रेसले जित्नै पर्ने बताइन् । उनले राज्यको चौथो अंगलाई त जेल हाल्न सक्ने सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यो सरकार संविधानको मर्म र भावना अनुसार चल्न नसकेको स्पष्ट पारिन् ।
वडासभापति चीनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू दीपक गुरुङ, इन्द्र सापकोटा, काशीराम गुरुङ, महिला नेतृ शकुन्तला गुरुङले पनि कार्यक्रममा बोलेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.