सृजनशील स्वाबलम्वन कृषि सहकारी संस्थाको ५औं बार्षिक साधारण सभा सम्पन्न

0
1064

सरिता तिम्सिना पगेनी
कास्की ।

पोखरा- ३ नदिपुरमा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडको ५ औं बार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दे पोखरा महानगरपालिका- ३ का वडा अध्यक्ष रबिन्द्र बहादुर प्रजुले अपांगता भएका ब्यक्ति तथा महिलाहरुलाई कृषि मार्फत आर्थिक,सामाजिक तथा सांस्कृतिक सशिक्तकरण गर्न सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।उहाँले सहकारी संग सहकार्य र सहयोग गर्न वडा सधैं तयार रहेको पनि जानकारी गराउनुभयो । संस्थाका अध्यक्ष फणिन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिब जगत पौडेलले संस्थाको बार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तु गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष गायत्री कुँवरले प्रस्तुत गर्नु भएको थियो ।लेखा समितिको प्रतिबेदन संस्थाका लेखा संयोजक जगन्नाथ सुबेदीले गर्नु भएको थियो ।कार्यक्रममा संस्थाका सल्लाहकार सुर्य खड्का बिर्खची,शेयर सदस्य युगमराज अबस्थी,सुलोचना बाँस्तोला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रम संयोजक बिष्णु पराजुलीले पोखरा पोष्ट डटकमलाई जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष गीता कुवँरले स्वागत तथा सचिब जगत पौडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।सहकारीले कृषि तथा पशुपालन क्षेत्रमा अपांगता भएका ब्यक्ति तथा महिलाहरुलाई लगानी गर्दे आएको छ ।