नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली भूमिको रक्षाकालागि प्रधानमन्त्री केपी शर्मा ओलीले साथर्क प्रयास गर्न नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले समस्या समाधानको लागि भारत सरकारसंग जवाफ माग्न प्रधानमन्त्रीलाई आग्रह गर्दे भने , मोदी जीलाई एक पटक फोन गर्न किन सक्नु हुन्न प्रधानमन्त्री ज्यु ।
समकक्षि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर स्पष्ट जवाफ माग्न नसक्नेले काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाले गरेको आशंकाको कुरालाई लिएर समय खर्च गर्न आबश्यक नभएको उनको प्रतिक्रिया छ । कालापानी, लिम्पियाधूरा, लिपुलेकलाई भारतले राजनीतिक नक्शामा राखेर सार्वजनिक गर्यो । के हामीले टाएर बाल्यौं, बन्दको काम गर्यौं बरु प्रधानमन्त्रीले वालुवाटारमा आयोजना गरेको सर्वदलिय वैठकमा भेला भएर उहाँलाई सम्पूर्ण रुपले समर्थन गर्छैं, तपाँई दिल्लीसंग सिधा कुरा गर्नुस् भन्यौं, तर प्रधानमन्त्रीले सार्थक ढंगले पहल गर्नुभएन प्रवक्ता शर्माले भने ।
मुलुकमा अनेकौं जनविरोधी कामहरु हुँदा केन्द्रीय तहबाट कांग्रेसले जनतालाई दुःख दिने कुनै काम नगरेको भन्दै शर्माले काँग्रेसले गरेको कामलाई जनताले समिक्षा गर्नु पर्नेमा जोड दिए । वाईड बडि, वुढि गण्डकी, कालापानी, निर्मला पन्त वलात्कार हत्या वा अन्य जनविरोधी काममा एउटा संघर्ष र बन्दको कार्यक्रम गरेनौं, शर्माले भने “हामीले सरकारलाई विरोध र खबरदारी प्रतिपक्षीको नाताले सालिन भूमिका निर्वाह गर्यौं ” अब जनताले सरकारको पनि समिक्षा गर्ने बेला आएको छ।सरकारलाई सच्याउन कास्की -२ का जनताका लागि उपचुनाब महत्वपुर्ण अबसर भएको भन्दै नेपाली काँग्रेसका निष्ठावान नेता खेमराज पौडेललाई जिताएर देशैभर सन्देश पठाउन प्रवक्ता शर्माले अपिल समेत गरे ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.