दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन लागि काठमाण्डौंमा वृहत छलफल

0
1094

नेपलामा दिगो विकास लक्ष्यहरुको प्रभावकारी ढंगबाट कार्यान्वयनका लागि आज काठमाण्डौंमा एक वृहत छलफल सम्पन्न भएको छ । उक्त छलफलबाट दिगो विकासका लागि काम गर्ने सम्पूर्ण सामाजिक संस्थाहरुको एक राष्ट्रिय सञ्जाल गठन भएको छ । उक्त सञ्जाल मार्फत मुलुकभरी दिगो विकास लक्ष्यका विभिन्न आयामहरुमा सक्रिय भएर काम गर्ने सम्पूर्ण नागरिक संस्थाहरुको सहमति भएको छ । यसैगरी नेपालमा दिगो विकास लक्ष्यहरुलाई स्थानियकरण गर्ने र नेपालका मौलिक मुद्धाहरुलाइ विश्वव्यापी वहसमा लैजाने पहल थाल्नेमा पनि सरोकारवालहरु विच सहमति भएको छ ।
नेपालमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनका लागि प्रारम्भ देखीनै सक्रिय भूमिका निर्वाह गर्दे आएका सामाजिक संस्थाहरु, अभियन्ताहरु, स्वतन्त्र विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरु विच आगामि २०३० सम्म यहि साझा सञ्जाल मार्फत स्पष्ट कार्यनीति र नागरिक केन्द्रित उत्तरदायी व्यवस्थापन प्रणालि निर्माण गरेर अघि बढ्ने गरी SDGs National Coalition Nepal (SNCN) गठन भएको हो । यस स्वतन्त्र समूहले १५ दिन भित्र आफ्नो राष्ट्रिय रणनीति तथा कार्यदिशा तयार पार्ने र सबै विषयगत समितिहरु, मुख्य मुख्य समूहहरु तय गर्ने र स्पष्ट अवधारणा सहित अघि बढ्ने सहमति जुटाएको छ ।
यसैगरी कार्यक्रममा Right Here Right Now (RHRN) सञ्जाल अन्र्तगत कार्यान्वयनमा रहेका गतिविधिहरु र दिगो विकास लक्ष्यहरुसंग नितिहरुको अन्तर सम्बन्धका बारेमा सामाजिक संस्थाहरुका विचमा जानकारी आदान प्रदान गरियो । किशोर किशोरीहरुका लागि शारिरिक र मनोवैज्ञानिक ढंगले अत्यन्तै आवश्यक वृहत यौनिकता शिक्षा र यसको अपरिहार्यताका बारेमा पनि सरोकारवालाहरु विच व्यापक छलफल भएको थियो ।
SDGs National Coalition Nepal अन्र्तगत भएका थप निर्णायक कार्यहरु यस प्रकार रहेका छन् ।
१. समावेशिढंगबाट सबै समेटिने गरी नौ सदस्यीय राष्ट्रिय समन्वय समिति गठन र यसको सचिवालयको जिम्वेवारी दिगो विकासका लागि राष्ट्रिय अभियान संस्थालाइ प्रदान गरियो ।
२. पाँचवटा विश्वव्यापी शिद्धान्तामा रहेर सदस्यतामा आधारित साझा समूह निर्धारण ।
३. बिषयगत क्षेत्रहरु स्पष्ट रुपमा किटान गर्दे सक्रिय जिम्वेवारी वहन गर्ने संस्थाहरुको छनौट ।
४. दिगो विकास लक्ष्य (SDG 16 Plus Forum) को सचिवालयको भूमिका नेपाल युवा संस्था सञ्जाल (आयोन) लाइ प्रदान गरियो ।
५. दोस्रो पिपुल्स फोरम (Second Peoples Forum 2020) को मिति तथा कार्यक्रम घोषणा ।
६ . Peoples Voluntary National Review (VNR) को सामाजिक संस्थाका तर्फबाट तयार हुने प्रतिवेदन समयमै सम्पन्न गर्न विज्ञ समूह गठन ।
७. विश्वभरी र दक्षीण एसियामा दिगो विकास लक्ष्यमा भइरहेका संस्थागत तथा व्यक्तिगत प्रयासहरुबारेमा महत्वपूर्ण जानकारी आदान प्रदान