डोटीमा दुई बम फेला

0
851

डोटी ।
डोटीमा दुई बम फेला परेका छन् । ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपिलिका-२ कुचेडा गाउँमा बम फेला परेका हुन ।
शुक्रबार राती करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो । जसलाई राती नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ ।
यस्तै शनिबार बिहान करिब आठबजेतिर एक किलोमिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ । जस्लाई डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ ।
आदर्श गाउँपालिका-२ मा वडाध्यक्षका लागि शनिवार मतदान भईरहेको छ ।