गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीका सञ्चालक चिनु गुरुङले गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा शाखा बिस्तार गर्ने योजना रहेको बताउनु भएको छ । पोखरा पोष्ट संग कुरा गर्दे गुरुङले भन्नुभयो , गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट शाखा सञ्चालनको लागि अनुरोध आउने गर्छ । सेवाग्राहीको माग अनुरुप शाखा बिस्तार गर्ने योजना रहेको उहाँले सुनाउनु भयो । हामीले धेरैलाई सीप सिकाउँछौ गुरुङले भन्नु भयो – सीप सीकेकाहरुलाई रोजगारीको अबसर सृजना गर्नको लागि पनि शाखा बिस्तार गछौ । २४ बर्ष अघि पोखराको पृथ्बीचोक बाट मैले ब्युटिपार्लर ब्यबसाय शुरु गरे गुरुङले भन्नु भयो , अहिले पोखराको न्युरोड,बगर,भाटभटेनी,दुलेगौडा,चिप्लेढुङ्गा, लगायतका ६ ठाँउमा गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीका शाखा छन । हाल गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी मार्फत ५० जना भन्दा बढिले रोजगारी पाएका छन् ।
पोखरा उद्योग बाणिज्य संघको उपमहासचिबको समेत जिम्मेवारीमा रहनुभएका गुरुङले महिला उद्मशिलता बढाउनका लागि आफु लागिरहेको बताउनु भयो । मानिसको नेतृत्व बिकासका लागि ब्यक्तित्व बिकास हुन पनि आबश्यक रहेको बताउदै उहाँले सुन्दर र स्वस्थ्य मानिसले मात्रै समाज रुपान्तरण गर्न सक्ने बताउनु भयो । ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.