कन्या क्याम्पस पोखराको २८ औं बार्षिकोत्सब बिबिध कार्यक्रमका साथ सम्पन्न

0
1062

पोखरा -३ नदिपुरमा रहेको कन्या क्याम्पस पोखराले २८ औं बार्षिकोत्सब बिबिध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्राबिधिक शिक्षा अहिलेको आबश्यकता रहेको बताउनुभयो ।उहाँले कन्याहरुलाई मर्यादित शैक्षिक वातावरणमा उच्च शिक्षा हासिल गराउन क्याम्पसले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनभयो । क्याम्पसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दे क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायोजन प्रमाण पत्र प्राप्तिका लागि अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको थियो ।उहाँले हाल क्याम्पसले ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट कार्यक्रम संचालन गरेको पनि बताउनु भयो । क्याम्पसमा बि.बि.एस,एम.बि.बि.एस, बि.ए ,बि.एड पढाइ हुने गर्दछ ।क्याम्पस संचालन समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमु ज्योतीबाबु पौडेल,कन्या क्याम्पसका निर्बतमान क्याम्पस प्रमुख मेजरमान बज्राचार्य,प्राध्यापक संघका उप सभापति डा. भुमिराज बस्ताकोटी,छात्रा कल्याण समितिका संयोजक ममता शाह,,समाजसेबी भुपालजङ्ग कुवँर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । बार्षिकोत्सवको अबसरमा सप्ताहब्यापी खेलकुद कार्यक्रम राखिएको सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले पोखरा पोष्टलाई जानकारी दिनुभयो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक प्रस्तुति राखेका थिए । मर्यादित शैक्षिक वातावरणमा कन्यालाई उच्च शिक्षा भन्ने नाराका साथ २०४८ सालमा क्याम्पस स्थापना भएको थियो ।