शैक्षिक प्रदर्शनीमा विद्यार्थीको उल्लेख्य सहभागिता

0
783

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजनामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनीमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको छ ।
प्रदर्शनीमा नेशनल प्याव्सानमा आवद्ध ४६ वटै विद्यालयका विद्यार्थीहरुले बनाएका विषयगत विधाका सृजनाहरु विद्यार्थीले रुचीका साथ अवलोकन गरेका छन् ।
विगत तीन वर्ष देखि गर्दै आएको प्रदर्शनीमा विद्यार्थीहरुले सृजना गरेको सामग्रीमा पनि निखारता आएको छ । ‘विद्यार्थीले विशेष गरी मौलिकता सृजनामा वढि जोड दिएको पाईएको छ’ एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीले भने,‘विद्यालयका विद्यार्थी अभिभावकहरुले अवलोकन गर्दा विद्यार्थीले वनाएका सृजनाले खुशी देखेको पायौं ।’
शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् । प्रदर्शनीमा प्रथम द्धितीय तृतीय र सान्त्वना हुनेले ट्रफी प्राप्त गर्नेछन् ।
त्यसैगरी मंसीर २७ गते लोकनृत्य प्रतियोगिता गरिने छ । लोकनृत्य ७ देखि १२ जनाको समूहमा प्रस्तुती राख्नेछन् । लोक भाषा संस्कृति झल्कने गितामा समूहमा प्रस्तुत गरिने प्रतियोगितामा पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको प्रदर्शनी मंसीर २७ गते सम्म प्रदर्शनीकेन्द्र नयाँवजारमा चल्ने छ ।
प्रदर्शनीमा करिव १ लाख वढिले अवलोकन गर्ने अनुमान गरिएको छ । शिक्षण सिकाइमा नयाँ प्रविधिसग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।