काठमाडौं। प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी ) हरुको सरुवा गरेको छ। सरुवा सुची अनुसार प्रचण्डको गृह जिल्ला चितवनमा गंगा पन्तलाई पठाइएको छ भने चितवनका दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा सरुवा गराइएको छ । धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ भने झापामा कृष्ण कोइरालालाई पठाइएको छ। स्याङ्जामा जनर्दन जिसीलाई सरुवा गराइएको छ भने प्रदेश ट्राफिक कार्यालय बारामा श्याम कुमार महतोलाई पठाइएको छ। कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्कालाई रौतहटमा पठाइएको छ । मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ। प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको हो।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.