बालबालिका संग वडा अध्यक्ष कार्यक्रम संचालन गर्दे पोखरा – ४ का अध्यक्ष शंकर प्रसाद बास्तोला

0
1762

सरिता तिम्सिना पगेनी

पेखरा । पोखरा महानगरपालिका – ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले बालबालिका संग वडा अध्यक्ष कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । बुधबार पोखरा पोष्ट डटकम संग कुरा गर्दे बाँस्तोलाले आगामी माघ १५ गते भित्र कार्यक्रम संचालन गरिने जानकारी दिए । वडा नम्बर ४ भित्रका बालबालिकाको हकहितको संरक्षण गरी उनीहरुको शारीरिक,मानसिक ,बौद्धिक तथा शैक्षिक बिकास गराउदै बाल अधिकारको संरक्षण एबं प्रवद्र्धन गर्ने उदेश्यले बालबालिका संग वडाअध्यक्ष कार्यक्रम संचालन गर्न लागिएको उनले जानकारी दिए । सामुदायिक बिद्यालयका साथै निजि बिद्यालयका समेत बालबालिका संग प्रतक्ष्य अन्तरक्रिया गरी बालबालिकाको आबश्यकता अनुरुपका कार्यक्रम संचालन गरिने उनको भनाइ छ । बालबालिकाको पक्षमा थुप्रै नीतिगत ब्यबस्था भएतापनि कार्यान्वयनमा समस्या रहेको भन्दै अध्यक्ष बास्तोलले बालबालिकाको बिषयमा सबै पक्षबाट चासो र समानुभुती हुन आबश्यक रहेको बताए । बालबालिकाको बिकास भएमा मात्रै सभ्य समाज निर्माण गर्न सकिने भन्दै उनले वडामा बालमैत्री बाताबरणका लागि आफु सम्बेदनशील रहेको बताए ।बालबालिका भबिश्यका कर्णधार मात्र नभई बर्तमानका साझेदार पनि हुन अध्यक्ष बाँस्तोलाले भने ,बालबालिकाको सर्वाङ्गिण बिकास गर्न सकियो भने मात्र समाजले सफल,सक्षम र योग्य नागरिक प्राप्त गर्न सक्दछ । वडा भित्र रहेका बिभिन्न सरोकारवाला संग छलफल गरी कार्ययोजना बनाएर कार्यक्रम संचालन गरिने उनको भनाई थियो।