दुर्गा देवकोटा टीकापुर
कैलालीको टीकापुर नगरपालिकाले बाल विवाह अन्त्यका लागि शुरु गरेको हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम मार्फत् टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको सुरु गरेपछि साउन यता ९६ जना छोरीको बैंक खाता खोलिएको हो ।
नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागु गरेपछि अभिभावक समेत खुसी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधी २०७६ निर्माण गरेको छ । गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधी स्वीकृत गरेपछि त्यही अनुसार काम गरिरहेको नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल बताउनुहुन्छ । ‘‘बाल विवाह न्युनिकरणका साथै समाजमा छोरीको महत्वज बुझाउन यो कार्यक्रम सहयोगी बन्नेछ ।’’ नगर प्रमुख रावलले भन्नुभयो, ‘‘यहां अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन्, बालविवाह गर्नेको संख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौं ।’’
उहां यो कार्यक्रमले जन्मिने बित्तिकै छोरीको जन्मदर्ता बन्ने भएकोले उसले जन्मने बित्तिकै अधिकार स्थापित हुने बताउनुभयो । ‘‘जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ ।’’ रावलले भन्न्ुभयो, ‘‘२० बर्षपछि विवाह गर्ने छोरीलाई मात्र बार्षिक एक हजारका दरले एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ । यसले छोरीको सम्मान र समाजमा महत्व बढाउंछ ।’’
कार्यविधीमा आर्थिक वर्ष २०७६÷७७ को साउन १ गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आर्कर्षित हुने, टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिस भएको हुनुपर्ने उल्लेख गरिएको छ । संसिर मसान्तसम्म कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाको कार्यालयमा साउन यता जन्मिएका ९६ छोरीहरूको दर्ता भएको टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक संगिता शाहले जानकारी दिनुभयो । ‘‘आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउंछन् ।’’ शाहले भन्नुभयो, ‘‘विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ ।’’
नगरपालिकामा दर्ता भएका छोरीहरुको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष १÷१ हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्छ । यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैया वजेट विनियोजन गरेको छ । नगरपालिकाले छोरीहरुको नाममा खाता खोली रकम जम्मा गरीदिन थालेपछि अभिभावहरू खुसी भएका छन् । टीकापुर ३ की रेश्मा शाहकी छोरी भदौंमा जन्मिइन्, जन्मेको २० दिनमा छोरीको जन्मदर्ता गराए । अब बार्षिक एक÷एक हजार नगरपालिकाले राखिदिने भएको छ । ‘‘म निकै खुशी छु, छोरीप्रति सरकारले सम्मान गरेको छ ।’’ शाहले भन्नुभयो, ‘‘छोरी प्रतिको विभेद घटाउन यस्तै कार्यक्रम गर्न आवश्यक छ ।’’
सन् २०३० सम्ममा राष्ट्रिय परिभाषा अनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाहरूको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासका लक्ष्यमा भनिएको छ । त्यो लक्ष्य पूरा गर्नका लागि ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिको विश्वास छ
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.