मानवअधिकार पत्रकार संघ( हुर्जा) गण्डकीको अधिवेशन फागुन २४ मा

0
1090

पोखरा ।मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकीले आफ्नो चौथो अधिवेशन तथा दशौँ साधारणसभा यहि फागुन २४ गते गर्ने भएको छ ।
हुर्जा गण्डकीको पोखरामा बसेको बैठकले साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । त्यस्तै गरेर बैठकले हुर्जाका सदस्य एवं यशकुमारी जि.सि.स्मृति पुरस्कारका संरक्षक सविन जि.सि.द्धारा स्थापित यशकुमारी जि.सि.स्मृति प्रदेश स्तरीय पुरस्कार प्रतिभा छनौट समिति समेत गठन गर्ने निर्णय गरेको छ । अग्रज पत्रकार कृष्ण प्रसाद बाँस्तोलाको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन गरेको छ । यशकुमारी जि.सि.स्मृति प्रदेश स्तरीय पुरस्कारको राशि १५०१५ रहेको छ । उक्त बैठकमा नै पुरस्कारका संस्थापक एवं संरक्षक सविन जि.सिले समाजसेवा पुरस्कार, बालअधिकार पुरस्कार र मानवअधिकार पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ । प्रत्येक पुरस्कारको राशि नगद जनही रु. १११११।– र सम्मान पत्रले सम्मानित गर्ने कायक्रम तय गरेको छ । संस्थाले सम्मान गर्ने संघसंस्था सम्मान कार्यक्रम पनि यथावत रुपमा गर्ने भएको छ ।
हुर्जा गण्डकीका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशमा मानवअधिकारका क्षेत्रमा क्रियाशिल पत्रकारहरुले संस्थाको सदस्य हुन चाहेमा संस्थाको नियमानुसार सदस्य बन्न सक्ने निर्णय समेत गरेको छ । यस्तै गरेर संस्थाको दशौँ वर्षगाँठको अवसरमा हालसम्मका गतिविधिहरुलाई समेटेर मानवअधिकार आवाज विशेषांक प्रकाशन गर्ने निर्णय गरेको र बैठकमा हुर्जाका निर्देशक कृष्ण अञ्जान ज्ञवाली, उपाध्यक्ष असफल गौतम, कोषध्यक्ष सुसिल श्रेष्ठ लगायतले आ–आफ्ना भनाई राख्नुभएको हुर्जा गण्डकीका महासचिव विरेन्द्र सापकोटाले जानकारी दिनुभयो ।