नेकपा सचिवालय बैठक बालुवाटारमा,सभामुख चयन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल

0
615

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।यसअघि बिहीबार बेलुका बसेको सचिवालय बैठक बिनानिष्कर्ष सकिएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले नेकपाका तर्फबाट उम्मेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।

बैठकमा सभामुख चयन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल भएको छ । त्यस्तै बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे पनि छलफल भएको बुझिएको छ ।

बिहीबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि सो विषयमा बिहीबार छलफल हुन सकेन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी राजपालाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेशसभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो ।