कपिलवस्तु । नेपाल भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ । यशोधरा गाउँपालिका–८, मटेरियाका अन्दाजी ४२ बर्षका मुवारक खानलाई भारतीय अज्ञात समुहले शनिबार दिउँसो यशोधरा गाउपालिका–७,मर्यादपुर चोकबाट अपहरण गरेको हो ।
उनी मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समूहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुँदै भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
उक्त युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडी बिहान ११।४४ बजे सुठौली भन्सार कार्यालयबाट रु ५ सय तिरी शनिबार १ दिनको लागि भन्सार गराएको भन्सारको रेकर्डमा देखिन्छ । सो गाडी भारत उत्तर प्रदेश जिल्ला सिद्धाथनगरको दयान्नद उपाध्यायको नाममा रहेको छ ।
पीडितका दाइ असलम खानले भाइलाई सुरक्षित घर फर्काइदिन मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाजसंग अनुरोध गरेका छन् ।
मर्यादपुर चौकमा स्थानियले बाटोमा जे सि बी राखी जाम गरेका थिए । प्रहरीले खोजी कार्य तिब्र गतिमा बढाएकोले र खोजमा स्थानियको सहयोगको अवश्यक्ता भएको सहयोग गर्न अग्रह समेत गरे ।
प्रहरीको अग्रहमा र बटुवाको समस्यालाई मध्य नजर गरी बाटो खोलिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक सुनिल मल्लले भने, ‘यसबारे भारतीय प्रहरीसँग सोध्ने काम भइरहेको छ ।’
उनलाई सीमाको मर्यादपुर प्रहरी चौकी र बिओपी डंगरीको सशस्त्र प्रहरीको रोकावटलाई छल्दै खानलाई दशगजा कटाएका थिए । उनको खोजी कार्य तिब्र रुपमा भै रहेको मल्लले बताए ।
मुबारक मर्यादपुर नाका नजिक पारी भारतको खुनुवा भन्ने ठाउँमा अब्दुल अटो पार्टको पसल गर्दै आएका छन् ।