नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीको अध्यक्षमा बसन्त कोइराला

0
1737

पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीको अध्यक्षमा बसन्त कोइराला सर्वसम्मत चयन भएका छन् ।

नेल्टाको पोखरामा सम्पन्न दोस्रो अधिवेशनले कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा पुष्पराज अधिकारी, सचिव अजित पन्थी र सहसचिव प्रकाशराज अधिकारी तथा कोषाध्यक्षमा शोभाकुमारी श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा अर्जुन बराल, श्यामकृष्ण घिमिरे, पूजा अधिकारी, सुस्मिता अधिकारी, समिक्षा पौडेल छन् ।

मनोनित सदस्यमा झलककृष्ण भण्डारी र पूर्णचन्द्र गैह्े रहेका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधिमा फडिन्द्रराज ढकाल, ठगेन्द्रप्रसाद अर्याल, सुशिला अधिकारी र सुशिल बस्नेत तथा पर्वक्षेकमा शिव बाग्ले र सुशीला बराललाई चयन गरेको छ ।

अधिवेशनमा गण्डकी प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले देशमा पशु उत्पादनमा वृद्धि गरी दूध, माछा, मासुमा आत्मर्निभरताका लागि पशु प्राविधिकहरुको ठूलो भूमिका रहेको चर्चा गर्दै आफ्नो पार्टी प्राविधिकहरुको हक अधिकारका लागि क्रियाशिल रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्याल, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मन वहादुर पुन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत प्रसाद ढकाल, नेपाल निजामति कर्मचारी युनियन संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, नेल्टाका केन्द्रीय अध्यक्ष जनकबहादुर रावल, गण्डकी प्रदेशका सांसदहरु कुमार खड्का, ओमकला गौतम, विन्दुकुमार थापा,विष्णु प्रसाद लामिछाने, काँग्रेस कास्की सभापति कृष्ण केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनको अवसरमा कृत्रिम गर्भाधान कर्ता तथा कृषि तथा पुशपालक कृषकहरुलाई सम्मान गरिएको थियो ।

नेल्टा कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत नेल्टा केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठ तथा सञ्चालन केन्द्रीय सदस्य डिल्लीराम रेग्मीले गरेका थिए ।