गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले तीन वटा मन्त्रालय संग माग्यो जवाफ

0
1174

पोखरा ।गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको मंगलबार बसेको २४औं बैठकले तिनवटा मन्त्रलायसंग जवाफ माग्ने निर्णय गरेको छ ।
बैठकले भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालय संग दुग्ध विकास बोर्ड गठनवारे भएको प्रगति ,भौतिक पुर्वाधार मन्त्रालयसंग मिटर ट्याक्सीको कार्यान्वयनको अबस्था र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय संग ताल संरक्षण तथा विकास प्राधिकरणको कार्यन्वयन अबस्था बारे समितिलाई लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले कानुन बनाउने कार्यान्यन गर्नको लागि भएकोले बनाएका कानुन कार्यान्वयनको अबस्था के छ ,त्यसको अबस्था बुझन्लाई समितिको मंगलबार बसेको बैठकले तीन वटा मन्त्रालयलाई जवाफ माग्ने निर्णय गरेको बताउनु भयो ।
यसैविच समितिका सदस्य सांसद जनकलाल श्रेष्ठको संयोजकत्वमा सांसद डोबाटे विश्वकर्मा , सासद विनोद केसी र कर्मचारी टंक प्रसाद वाग्ले रहेको बन सम्बन्धी अध्ययन गर्ने एक उपसमिति निर्माण गरिएको छ । उपसमितिले गण्डकी प्रदेश भित्रका बनहरुको समस्याको सम्बन्धमा अध्ययन अवलोकन गरेर माघ मसान्त भित्र समितिमा प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका सचिव गोपाल शर्माले जानकारी दिनुभयो । समितिका सदस्य जनकलाल श्रेष्ठ ,राजीव गुरुङ,डोबाटे विश्वकर्मा ,भागबत प्रकाश मल्ल, सरीता गुरुङ लगायतले प्रदेशमा भएका योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न पनि आफ्नो समितिले सम्बन्धित मन्त्रालयहरुको ध्यानआर्कषण गराउदै आएको बताउनु भएको थियो ।