चिसो समयमा खुट्टा फुटे अपनाऔं यी उपाय

0
833

चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ ।

नियमित मसाज गर्ने : चिसो समयमा नियमित रूपमा आफ्नो खुट्टामा कुनै क्रिम अथवा तेलले मसाज गर्नु राम्रो हुन्छ । हरेक दिन सुत्ने समयमा खुट्टामा सफा गरेर फूट क्रिम लगाउने र सुतीको कपडाले राम्रोसँग पुछेर सुत्ने गरेमा खुट्टा सुन्निने तथा फुट्ने समस्याबाट बच्न सकिन्छ ।

पाकेको केरा प्रयोग गर्ने : पोकेको केरामा थोरै मात्रामा जैतुनको तेल मिसाएर हरेक रात फुटेको ठाउँमा लगाउने र १० देखि १५ मिनेटसम्म राखेर धोएमा यस्तो समस्याबाट बच्न सकिन्छ । हप्तामा एकपटक सुत्नुपूर्व कागतीको रस मनतातो पानीमा मिसाएर खुट्टालाई १५ मिनेटसम्म डुबाएर सफा गर्ने र कुनै क्रिम लगाएर पनि राख्न सकिन्छ ।

ग्लिसरिन तथा गुलाब जल : दैनिक रूपमा आफ्नो खुट्टालाई सफा गरेर ग्लिसरिन र गुलाबजलको मिश्रण खुट्टामा लगाउँदा खुट्टा फुटेको तथा चिसोले सुन्निएको निको हुन्छ र बच्न सकिन्छ ।

मनतातो पानीमा नुन : दुखिरहेको खुट्टालाई आराम दिन पानीमा दुई चम्चा नून हालेर १५ देखि २० मिनेटसम्म आफ्नो खुट्टालाई सेक्न सकिन्छ । यसले खुट्टालाई आराम दिन्छ । पछि कुनै क्रिम या तेल लगाएर केही मालिस गर्दा फुटेका घाउहरू ठीक हुन्छन् ।