पोखरा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मिलिनियम च्यालेन्ज परियोजना(एमसीसी )को बिषयमा संसदमा छलफल हुने र संसदले नै टुंगो लगाउने बताउनु भएको छ । प्रेस संगठन कास्कीले बिहिवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा
बोल्दै उहाँले राष्ट्रिय हित विपरित हुने गरी अमेरिकाले दिने सहयोग सरकारले कुनै हालतमा स्वीकार नगर्ने बताउनु भयो। राष्ट्रिय हित विपरित हुने गरी अमेरिकाको सहयोग सरकारले लिदैन,’ उहाँले भन्नुभयो, ‘सहयोग लिने नाममा नेपाल संयुक्त सैन्य गठबन्धनमा सहभागी हुँदैन, सरकार यो अडानबाट पछि हट्दैंन ।’ सन २००४ देखि नै एमसीसी सुरु भएको र नेपालले विद्युतीकरण र सडक निर्माणमा खर्च गर्ने गरी निवेदन दिएपछि ५५ अर्ब अनुदान सहयोग गर्न अमेरिकाले नेपाललाई छनोट गरेको उहाँको भनाइ छ ।
नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले ट्रष्टको नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसायमा उपयोग गरिने बताउनु भयो ।उहाँले जनताको उच्चतम लाभका लागि पोखराका रत्नमन्दिर, हिमागृहलाई उपयोग गरिने दाबी गर्नु भयो । गण्डकी प्रदेश र स्थानीय सरकार पोखरा महानगरपालिकासँग समन्वय गरेर उच्चतम हित हुने गरी रत्नमन्दिर, हिमागृहको उपयोग हुन्छ, तपाइँ पोख्रेलीहरु ढुक्क हुनुहोस् अन्य प्रयोजनका लागि प्रयोग गरिदैन मन्त्री पोखरेलले प्रष्ट पार्नु भयो ।उहाँले सिमा विवाद बारे समस्या समाधान गर्न भारतलाई औपचारिक पत्र दिइसकिएको र वार्ताको तयारीमा सरकार रहेको बताउनुभयो ।
प्रेस संगठन कास्कीका संयोजक माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक सन्देश श्रेष्ठ र कार्यक्रमको सञ्चालन सदस्य रामजी लम्सालले गर्नुभएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.