सरिता तिम्सिना पगेनी
पोखरा । एन आई सी एशिया बैकले न्यु सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ ।अग्रेजी नया बर्ष सन् २०२० को अवसरमा गा्रहकहरुलाई उच्च प्रतिफल दिने उदेश्यले उत्कृष्ट वीमा सुरक्षा योजना,कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा बिशेष छुट,निशुल्क होम बैकिङ्ग सुविधा निशुल्क,लकर सुबिधा, देशभरका कुनैपनि बैंकको कुनैपनि एटिएम वाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु सहित न्यु चमत्कारिक निक्षेप योजनाहरु संचालनमा ल्याएको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी बैकले जानकारी दिएको छ । यस योजना अन्र्तगत खाता खोल्ने ग्राहकले रु २१ लखसम्मको वीमा सुविधा प्राप्त गर्न सक्ने छन् ।खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पुर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुबिधा प्राप्त गर्न सक्ने बैकका गण्डकी प्रदेशका प्रमुख दिपेन्द्र शर्माले जानकारी दिए ।त्यसैगरी १८ घातक रोगको लागि रु १० लाख सम्मको वीमा र रु १ लाख सम्मको औषधी उपचार बीमा सुविधाको प्राप्त गर्न सक्ने समेत उनले बताए । औषधी उपचार बीमा अन्र्तगत बैकले आफ्ना ग्राहकलाई बिशेष सुविधा दिने उदेश्यले बहिरंग उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने र सुविधा वापत लाग्ने प्रिमियम बैंक स्वयंले इन्सुरेन्स कम्पनीलाई तिर्ने बैकले जनाएको छ ।बैकका मुलुकभर ३१३ शाखा कार्यलयहरु ,४०८ एटिएम ,१०३ वटा एक्स्टेन्सन काउण्टर एबं ४५ वटा शाखारहित बैकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गरेको बैंकका गण्डकी प्रदेश प्रादेशिक उपप्रमुख विनितराज पाण्डेले जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.