सरिता तिम्सिना पगेनी
पोखरा ।राष्ट्रिय परोपकार महासंघ नेपाल नगर नारी समिती पोखराको बिहिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा तेस्रो अधिबेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत् चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना क्षेत्री, सचिवमा अम्बिका ढकाल क्षेत्री, कोषाध्यक्षमा सांग्रीला मरासीनी, सह सचिबमा शान्ति ओझा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी पहारी ,रमा बराल कमला कुमारी शर्मा, गिता बराल, शुषिला रानाभाट,सिता भण्डारी, कबिता कार्की र प्रिया थापा चयन भएका छन् ।सल्लाहाकार समितीमा शुष्मा पौडेल ,मुना बाँँस्तोला ,सरिता कार्की ,कल्पना बाँस्तोला चयन भएको संस्थाका सचिब अम्विका ढकालले पोखरा पोष्ट डटकमलाई जानकारी दिइन् । कार्यक्रमको उद्घाटन गर्दे राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर गुरु कमलनयन गौतमले मानिसको जीवन सेवा गर्नका लागि भएकाले सेवा गर्ने उदेश्यले स्थापना भएका सामाजिक संघ संस्थाले सेवालाई महत्व दिनुपर्ने बताए । उनले धर्म भनेको धारण गर्ने चिज भएको उल्लेख गर्दे धर्म पालना गर्ने सवालमा नेपाली हिन्दु नारीहरु बिश्वमै उत्कृष्ट भएको बताए । संस्थाका सल्लहाकार सरस्वती गुरुङले महिलाहरुले आध्यात्मिक माध्यमबाट शसक्तिकरणको सुरुवत गर्नु पर्ने वताइन् । हिन्दु धर्ममा महिलाको स्थान उच्च रहेको भन्दै धर्मशास्त्रले व्याख्या गरेका अनुसार दुर्गा,लक्ष्म्ी र सरस्वती को जिम्मेवारी लिन नेपाली नारी तयार रहनु पर्ने बताइन् । कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन संस्थाका सचिव अम्विका ढकाल क्षेत्रीले प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना बाास्तोलले प्रस्तुत गरेकी थिइन । कार्यक्रम संस्थाका अध्यक्ष रेनु थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिब अम्बिका ढकाल क्षेत्रीले गरेकी थिइन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.