भिटोफ गण्डकीको अध्यक्षमा नवराज अधिकारी

२५ पुष २०७६, शुक्रबार

गाउँ पर्यटन प्रबद्र्धन मञ्च-नेपाल (भिटोफ) गण्डकी प्रदेशले नवराज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

गण्डकी प्रदेशको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनले भिटोफका सक्रिय युवा नवराज अधिकारीको अध्यक्षतामा ९ कार्यसमिति सर्वसहमतले चयन गरेको छ यसै गरी मञ्चको उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु, कोषाध्यक्षमा शुसिला भण्डारी चयन भएका छन् ।

यसै गरी सदस्यहरुमा गोमा ढकाल, श्याम लामीछाने , सुजन तिमिल्सीना, हेमराज पहारी तथा शंकर गिरी चयन भएको मञ्चका संस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिनु भयो ।

‘हरेक गाँउ पर्यटकिय ठाउँ’’ भन्ने मुल नाराका साथ अघि बढिरहेको गाउँ पर्यटन प्रबद्र्धन नेपालले बढि भन्दा बढि पर्यटकहरुलाई नेपालको ग्रामीण क्षेत्रको अवलोकन गराई पर्यटकको बसाइलाई लम्बयाई ग्रामिण पर्यटनको माध्यमबाट आर्थीक सवलीकरणमा टेवा पु¥याईरहेको छ । गाउँ पर्यटनको विकास नभए सम्म नेपालको विकास हुन सक्दैन गाउँको विकाशका माध्यमबाट आर्थिक संबृद्धिको खोजी गरिरहेको प्रदेश सरकारले लगभग ३०० सामुदायिक होमस्टेहरुलाई प्रबद्र्धन गरिरहेको छ ।

नेपाल सरकारको हाल अर्थतन्त्रको सुचकमा अग्रस्थानमा रहेको पर्यटन क्षेत्र र त्यसलाई टेवा पुग्ने हिसाबले नेपाल भ्रमण बर्ष २०२०मा २० लाख पर्यटक भित्र्याउने योजना बनाईरहदाँ होमस्टे व्यवसायीहरुमा र समग्र पर्यटन उद्योग र मुलुकमा आशाको किरण बलेको देखिन्छ । त्यसैगरि गण्डकी प्रदेश सरकारले भ्रमण बर्ष २०१९-२०२२ लाई मनाउदै गर्दा गण्डकी प्रदेश र नेपाल भ्रमणमा रहने पर्यटकका लागी पर्यटनमैत्री र गुणस्तरीय ग्रामिण क्षेत्रका कला संस्कृति र स्थानिय परिकारका स्वाद पस्कदै विदेशीने युवाहरुलाई स्वदेश मै रोजगारीको श्रृजना गरी गाउँ पर्यटनको विकासबाट आर्थिक सम्बृद्धि हासिल हुने देखिन्छ ।

Leave a Reply