रुपा -६ भिरचोकमा पुस २८ देखि माघ १ सम्म रुपा मेला हुने

0
1020

सरिता तिम्सिना पगेनी
पोखरा ।कास्कीको रुपा गाउँपालिका स्थित रुपा-६ भिरचोकमा रुपा मेला २०७६ हुने भएको छ । ध्रुबतारा क्लब भिरचोकको आयोजना एबं रुपा गाउँपालिकाको संयोजनमा मेला हुन लागेको हो । ध्रुबतारा क्लबको २०औ वार्षिक उत्सवको अवसरमा हुन लागेको मेला यस बर्ष पौष २८ देखि माघ १ गते सम्म सन्चालन हुँदैछ।
रुपा गाउँपालिकाको बृहत पर्यटन बिकासका लागि ध्रुब्र तारा क्लबले हरेक बर्ष देखि गर्दै आएको मेला गर्दे आएको छ ।मेलामा भलिबल प्रतियोगीता,खुल्ला प्रा.वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिता ,बिद्यालय स्तरिय नृत्य प्रतियोगीता,झाँकी प्रर्दशनी प्रतियोगीता,राष्ट्रिय लोक दोहोरी कलाकारहरुको प्रस्तुती,बिबिध हास्यब्याङ्ग एवं नृत्य साथै सांस्कृतिक कार्यक्रमहरु मेलाका आर्कषणका रुपमा रहेको ध्रुबतारा क्लबका अध्यक्ष प्रेम खड्काले पोखरा पोष्ट डटकमलाई जानकारी दिए ।