पोखरा ।
निजी अस्पतालको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्यूट अफ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अशोक पालिखेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष्यमा डाक्टर गिरीधारी शर्मा, सचिवमा ऋषि खतिवडा र कोषाध्यक्षमा डा. पूजन शर्मा चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा कपिल पोख्रेल, विश्व घिमिरे, तुल बहादुर राना, डा. सन्दिप गोर्खाली, डा. छविलाल थापा, शोभाकान्त पौडेल र सुशील पौडेल रहनुभएको छ । त्यसैगरी, सल्लाहकारमा डा. पदमबहादुर खड्का, डा. भरतबहादुर खत्री, डा. प्रेमबहादुर पुन र डा. ऋषिराम ढकाल रहनुभएको छ । नवगठित समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुको प्रतिनिधित्व गर्ने सचिव ऋषि खतिवडाले बताउनुभयो ।
यस अघि कार्यक्रममा बोल्दै अफिनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुमार थापाले अफिल गण्डकीले निजि अस्पतालको हितको लागी उदाहरणीय काम गर्न सक्नुपर्ने धारणा राख्नुभयो । अहिलेपनि निजि अस्पताल र यसमा काम गर्ने जनशक्तिमा निकै समस्या रहेको बताउदै थापाले समस्यालाई नवगठित समितिको नेतृत्वमा समाधानको प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले आफ्ना अधिकारका लागि संगठित बनेर आवाज बुलन्द पार्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अफिनका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद रिजालले सरकारले निजि क्षेत्रसंग सम्बन्धीत निति नियमलाई अझै व्यवस्थित गरेर लैजानुपर्ने सुझाव व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले समग्र स्वास्थ्य सेवाको विकासका लागि निजि संस्थाले पनि सरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।
सो अवसरमा समितिका नवनिर्वाचित अध्यक्ष अशोक पालिखेले निजि अस्पतालका संचालकहरु संगठित हुनुनपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले प्रदेशका सबै अस्पताल र तिनका संचालकलाई अफिन गण्डकीमा आबद्ध हुन पालिखेले आग्रह गर्नुभयो
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.