पृथ्वीनारायाण शाहका दिव्योपदेश अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको पुर्व राजा ज्ञानेन्द्र शाहले बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताएका छन् । उनले परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह गरेका छन् । नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने उनले सन्देशमा उल्लेख गरेका छन् । देशको सबै भूभागको रक्षा र नेपाली जनताको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने पनि सन्देशमा उल्लेख गरेका छन् ।जनमानसमा के छ, के भइरहेको छ भन्ने सबैमा स्पष्टै छ,’ उनले सन्देशमा भनेका छन्,’राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’
Home ब्रेकिङ्ग न्युज पृथ्वीनारायाण शाहका दिव्योपदेश अहिले पनि महत्वपूर्ण र सान्दर्भिक: पुर्व राजा ज्ञानेन्द्र
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.