रुपा मेला २०७६ को तयारी अन्तिम चरणमा

0
1461

सरिता तिम्सिना पगेनी
पोखरा ।रुपाको बृहत् बिकासका लागि रुपा मेला भन्ने मुल नारा का साथ यस बर्ष पनि ध्रुब तारा क्लब भिर्चोक ले आफ्नो २० औ बार्षिकोत्सब माघेसक्रान्ती को अबसरमा विविध कार्यक्रमहरु सहित मनाउन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । परापुर्ब काल देखि चल्दै आयको माधे सक्रान्ती मेला लाई ब्यबस्थित र परिमार्जित गर्दै रुपा मेला २०७६ गर्न लागियको हो। पौष २८ देखि माघ १ गते सम्म संचालन हुने मेलाको तयारिलाइ तिब्रता दिन आम भेला र बैठक सपन्न गरेको छ। क्लब का अध्यक्ष प्रेम कुमार खड्का को संयोजकतवमा मेला आयोजक समिति र सल्लाहकार संयोजक नारायण गुरुङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। मेलामा लोकदोहोरी कार्यक्रम, हास्य व्यंग्य प्रहर्सन, भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगी, प्रा. बि हाजिरि जवाफ प्रतियोगिता, झाकी प्रदर्शनि प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता, ग्रामीण पदयात्रा, साइकिलिङ, सास्कृतिक कार्यक्रम लगायत विविध प्रस्तुतिहरु गरिने भएको छ। क्लबले बिगतका महोत्सवहरु बाट आफ्नै ब्यब्स्थित भबन, सभा हल, अतिथी गृह, शौचालय, ब्यापारिक भबन, खेलमैदान जस्ता भौतिक संरचनाहरु निर्माण गरिसकेको छ। हालै क्लबले हात्तिमैता भ्यु पोइन्ट, सभाहल मर्मत लगायत का संरचना निर्माण सम्पन्न गरिसकेको छ। साथै क्लबले यस बर्ष को मेलालाई रुपाप्रेमी महानुभाब हरु लाई उपस्थिति गराइ रुपाको बृहत बिकासमा सहभागी गराउने सोच राखेको छ। मेला लाई भिर्चोक आमा समूह, रुपा गाउपालिका, भिर्चोक प्रवासी मन्च, र ध्रुबतारा दुबइ शाखा को बिशेष सहयोग रहेको छ । यसैगरि क्लबले ४५ फिट को नेपालको राष्ट्रीय झन्डा भोली संसद एवं पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीवाट मेला को उद्घाटन समारोहमा झन्डोतलन गरिने कार्यक्रम रहेको क्लवका अध्यक्ष प्रेम खड्काले पोखरा पोष्ट डटकमलाई जानकारी दिए ।