पोखरामा माघ १ गते गोरखनाथ साधना शिविर हुने

२७ पुष २०७६, आईतवार

पोखरा ।यही माघ १ गते पोखराको विन्ध्यवासिनी मन्दिरमा वृहत गोरखनाथ प्रत्यक्षीकरण साधना शिविर हुने भएको छ । शिविरको लागि सवै तयारी पुरा भएको शिविर मुल आयोजक समितिका सदस्य सचिव सुदिपमोहन भटट्राईले जानकारी दिनुभयो । सद्गुरुदेव राहुलेश्वरानन्दको समुउपस्थितीमा पोखराका विभिन्न साधकहरुलाई दिउँसो २ वजेदेखि ६ वजेसम्म दिक्षा दिने तथा गोरखनाथ प्रत्यक्षीकरण साधना दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सोही दिन १२ वजेदेखि कलशयात्रा समेत गरिने छ ।
उहाँको साधना शिविर पोखरामा पहिलोपल्ट आयोजना गरिएको मुल आयोजक समितिका संयोजक महादेव गुरुङ्गले वताउनुभयो । यस खालको साधनाको माध्यमवाट मानिसहरुमा अध्यात्मिक मार्ग खुल्ने, साधना सिद्धी प्राप्त हुने तथा व्यभिचारी कर्मवाट टाढा रहने विश्वास पनि लिएको गुरुङ्गले दावी गर्नुभयो । समाजमा मानिसहरुको व्यभिचारी प्रवृत्ति वढेको छ, अविश्वास वढेको छ, यस खालका अध्यात्मिक साधनावाट मानिसहरुलाई सद्मार्गमा हिडाउन सघाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सद्गुरु राहुलेश्वरानन्दले नेपाल वाहेक भारत, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरुमा साधाना गराउँदै आउनुभएको छ ।

Leave a Reply