पाउँदुरकोट युवा क्लब अन्नपूर्ण गाउँपालिका वडा नं ३ ले आयोजना गरेको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको बिजेता लेकसाइड फुटबल क्लब बन्न सफल हुँदै प्रथम पुरस्कार रु १ लाख १ सय ११ हात पारेको छ। यहीँ पौष २६ गतेदेखि माछापुच्छ्रे मा.बि.को खेल मैदान अन्नपूर्ण-३ मा सुरु भएको उक्त खेल प्रतियोगिता पौष २९ गतेका दिन समापन भएको थियो।
प्रतियोगिताको फाइनल खेल लेकसाइड फुटबल क्लब र लाहाचोक फुटबल क्लबबीच भएको थियो। लेकसाइडका सुलेमान मगरले खेलको पहिलो गोल गर्दै आफ्नो टिमको खाता खोल्न सफल भएका थिए। केही समयपछि लाहाचोक फुटबल क्लबको तर्फबाट १ गोल हुन पुगेपछि खेल बराबरीमा पुगेको थियो र पहिलो हाफ समाप्त भएको थियो। दोर्सो हाफ निकै रोमाञ्चक शैलीमा अगाडि बढ्दै गएको थियो। दोर्सो हाफको केही समयमा लेकसाइडका गोबिन थापाले एक गोल थप गरेपछी खेल नतिजा २-१ मा पुगेको थियो र उक्त गोलले लेकसाइडलाई खेल बिजेता बनाएको थियो।
खेल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले खेल बिजेता लेकसाइड फुटबल क्लबलाई बधाई दिदै आयोजक पाउँदुरकोट युवा क्लबलाई उक्त प्रतियोगिता आयोजना गरेर खेल क्षेत्रको बिकासमा सहयोग पुराएकोमा धन्यवाद दिनुभयो